Monday, April 16, 2012

काठमाडौँको न्युरोडमा आज दिउँसो तमाशेहरुको ठूलो भीड लाग्यो। पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको भीड जम्मा भएको रहेछ। भीडले गर्दा ट्राफिक जाम भइसकेको थियो। भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले पिटेर मान्छे उडेर खस्यो भन्थे, कोही के! ट्विटर हुँदै टेलिभिजनहरुम समाचार आउन थालिसकेको थियो। भूत आतङ्क पो मच्चिएको थियो त्यहाँ। खासमा के रहेछ त कुरा 

कुरा एभिन्युज टेलिभिजनसँग जोडिएको थियो। त्यसैले त्यहाँका साथीलाई सोधेँ। अनि पो बल्ल कुरा थाहा भयो। खासमा भएको चैँ के रहेछ भने न्युरोडको एउटा घरमा भूत छ भन्ने कुरा सुनिएकोले यस विषयमा एउटा रिपोर्ट बनाउने कुरा भएछ एभिन्युजको वास्तुविज्ञान कार्यक्रमका लागि। वास्तु नमिलेकोले पो त्यसो भएको हो कि भनेर रिपोर्ट बनाउन लागेका रहेछन्। त्यसका लागि एभिन्युजका क्यामेराम्यान बासु सत्याल र वास्तुशास्त्री त्यो घरमा पुगेर भिडियो खिच्न थालेका रहेछन्।
भिडियो खिच्दाखिच्दै भूतले मान्छे समात्यो रे, पिट्यो रे भनेर हल्ला फैलन थालेछ। हल्ला एक कान दुई कान मैदान हुँदैहुँदै थाम्नै नसक्ने भीड जम्मा भएछ। एभिन्युजका साथी भन्छन्- कसैलाई पिट्या छैन, कोही घाइते भा छैन। मान्छे भीड भएर प्रहरीले लाठिचार्ज गरेर घाइते भएको भए थाहा छैन। नत्र कसैलाई केही भाको छैन।

1 comment: